Shittalpati
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन

पाल्पा, नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।

पत्रिकाको प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, विशिष्ट अतिथि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले संयुक्त रुपमा लोकापर्ण गरेका हुन् । पत्रिकाको लोकापर्ण गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले नेतृत्व पत्रिकाले पुनः प्रकाशन सुरु गरेकोमा खुसी व्यक्त गर्दै पत्रिकाको मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्न आग्रह गरे । उनले पाल्पाको पत्रकारिता क्षेत्रमा नेतृत्वले इटा थप्ने काम गरेको बताए ।

कार्यक्रममा त्रिभुवन क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराई, तानसेन क्याम्पसका प्रमुख पुष्करराज रेग्मी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, नेपाल रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियन पाल्पाका सभापति भरत शर्मा, प्रशिक्षक गोपालप्रसाद बस्याल, श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, भीमसेन कार्की लगायतले पत्रिका निरन्तरताको शुभकामना व्यक्त गरे । पत्रिकाको त्रिभुवन बहुमुखी क्याम्पसका उपाप्रध्यापक टंक पन्थले समीक्षा गरेका थिए ।

पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक गोविन्द भट्टराईले समय, परिस्थिति अनुसार पत्रिकाको प्रकाशन सुरु गरिएको बताए । सम्पादक भट्टराईको अध्यक्षता, पत्रकार महासंघका सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update