Shittalpati
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र

गुल्मी, अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले नगरप्रमुख भएकाले आफू सबैको अभिभावक समेत भएकाले हरेक अपाङ्ग, अशक्त, बेसाहारा, विपन्न सबैको साथमा रहेको बताए । घरमै आएर अपाङ्गता परिचपत्र प्रदान गर्ने नगरप्रमुख खिलध्वज पन्थी लगायत समग्र रेसुङ्गा नगरपालिकालाई आचार्यले धन्यवाद दिँदै स्थानीय सरकारको अनुभूति पाएको बताइन् । आचार्य २०६७/६८ सालदेखि बिस्तरामै पल्टिएर जीवन काटेकी छन् । जन्मजात अशक्त भए पनि उनी ०६८ सालसम्म हिँडडुल गर्न सक्दिनन् । समय बित्दै जाँदा अन्य शारीरिक समस्या थपिएपछि विस्तारामा पल्टिएकी आचार्य फेरि उठेर हिडडुल गर्न सकिनन् । ७० वर्षीया आमा ठिमा पुनले उनको हेरचाह गर्दै आएकी छन् । आमाछोरी मात्रै रहेको यो परिवारमा माइतीले बनाइदिएको सानो झुप्रोमा बस्दै आएका छन् । वडाध्यक्ष धनबहादुर पुनले अपाङ्गता परिचय पत्रले आचार्यलाई धेरै राहत पु¥याउने बताए ।

प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update