Shittalpati
पशु बधशाला सञ्चालनको तयारी
पशु बधशाला सञ्चालनको तयारी बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व
पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व आएको छ । संगमको काठमाडौंमा भएको साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संगमका निवर्तमान महासचिव विष्णु बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको संगमले जनाएको छ ।
तानसेनमा मगर एकता दिवसमा सार्वजनिक विदा
तानसेनमा मगर एकता दिवसमा सार्वजनिक विदा राष्ट्रिय मगर एकता दिवसका दिन जिल्लाको तानसेनमा सार्वजनिक विदा हुने भएको छ । तानसेन नगरपालिकाले फागुन १५ गते पर्ने मगर एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बेथल बोर्डिङले मनायो २६ औं वार्षिकोत्सव
बेथल बोर्डिङले मनायो २६ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्कूलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता
लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता सरकार गठन भएको एक महिनाको लामो कसरतपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा सत्ता गठबन्धनमा भागबण्डाको टुँगो लागेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् ।
आज विश्व रेडियो दिवस मनाइदैं
आज विश्व रेडियो दिवस मनाइदैं विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा ‘रेडियो र शान्ति’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन–२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
सोमबार देशभर सार्वजनिक बिदा
सोमबार देशभर सार्वजनिक बिदा सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको जनाइएको छ ।
चिकित्सकहरुको आन्दोलन स्थगित
चिकित्सकहरुको आन्दोलन स्थगित चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघ (एनएमए) बीचको वार्ता सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा
शान्ति सुरक्षामा कमी आउन दिन्न : प्रहरी उपरीक्षक शर्मा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक हेरम्व शर्माले जिल्लाको शान्ति सुरक्षाका कुुनै पनि कमी आउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पामा सरुवा भई आएका शर्माले जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै शान्ति सुरक्षा मजबूद बनाउने बताएका हुन् ।
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी
भैरहवामा बन्ने भयो एकीकृत जाँच चौकी लामो समयको पर्खाइपछि भैरहवामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको बाटो खुलेको छ । आइसीपी निर्माणका लागि भारतीय कम्पनीले ठेक्का पाएको छ । आइसीपी निर्माणको लागि संघीय आयोजना कार्यान्वयन एकाइले ठेकेदार कम्पनीलाई जग्गा हस्तान्तरण गरिसकेको छ । यही माघ २२ गते संघीय आयोजना कार्यान्वयन एकाइले भारतीय ठेकेदार कम्पनी केएसएम वसिर मोहम्मद...
Weather Update