Shittalpati
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update