रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
बिहीबार, पुस २८, २०७९
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ
बिहीबार, पुस २८, २०७९
जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ
बिहीबार, पुस २८, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्था बुुझ्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला सचिव सुुनिता अधिकारी, पार्टी प्रवक्ता शोभाखर न्यौपाने लगायतका नेताहरु ।
खोप लगाउन मन्त्रालयको आग्रह
बिहीबार, पुस २८, २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको...
पाल्पामा पनि मनाइयो ३०१ औं पृथ्वी जयन्ती
बुधबार, पुस २७, २०७९
पाल्पा लगायत देशभर ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार पाल्पा लगायतका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
बुधबार, पुस २७, २०७९
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
बुधबार, पुस २७, २०७९
‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
बुधबार, पुस २७, २०७९
आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो ।
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय
बुधबार, पुस २७, २०७९
रैनादेवी छहरा गाउँपालिका वडा ३ भुवनपोखरी वडा कार्यालयले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि ५ वर्षे अभियान सुरु गरेको छ । वडा कार्यालयले वडा अध्यक्षको अध्यक्षतामा वडा शिक्षा समिति गठन गरेर विद्यालय शिक्षा सुधार अभियानमा जुटेको हो ।
सभामुखको निर्वाचन आगामी माघ ५ मा
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।
प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई ६८ र विपक्षमा दुई मत परेको थियो ।
नक्कली नोट सहित पक्राउ
मंगलबार, पुस २६, २०७९
नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
न्यूनतम पारिश्रमिक बिना पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का
मंगलबार, पुस २६, २०७९
न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्यूनतम पारिश्रमिक नभएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताएकी छन् । सोमबार तानसेनमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।


