Shittalpati
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि

पाल्पा, कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यन्त्री उद्धव थापाले भोलि (बुधबार) बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर बहुमत सदस्यको समर्थनसहित गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका हुन् । यसअघि असार २१ गते नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ सांसद (गठबन्धन) र सभामुख गौतमको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए । कोसीमा असंवैधानिक तरिकाले सरकार गठन भएको सर्वोच्च अदालत फैसला गरिदिएपछि थापा मुख्यमन्त्री पदबाट पदमुक्त भएका थिए । थापा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ गरी ४७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update