Shittalpati
सभामुखमा एमालेका घिमिरे निर्वाचित
सभामुखमा एमालेका घिमिरे निर्वाचित प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सहभागी २ सय ६८ मध्ये १ सय ६७ मतसहित घिमिरे सभामुखमा निर्वाचित भएका हुन् ।
पुरूषहरुको भीडमा एक्लो महिला चालक
पुरूषहरुको भीडमा एक्लो महिला चालक सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौं, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकी छन् पाल्पाको...
पाल्पामा संगठन बलियो बनाउन काँग्रेसको ‘घुम्ती बैंठक’
पाल्पामा संगठन बलियो बनाउन काँग्रेसको ‘घुम्ती बैंठक’ नेपाली काँग्रेस पाल्पाले संगठन बलियो बनाउन ‘घुम्ती बैंठक’ सञ्चालन गर्दै आएको छ । काँग्रेसले दशवटै स्थानीय तहमा अहिले घुम्ती बैंठक सञ्चालन गरिरेहको हो । काँग्रेसले वर्तमान राजनीतिक अवस्था, पार्टी भित्रको परिदृश्यका कारण जनतामा देखिएको नैराश्यता, पार्टी र स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरु बीचको सामञ्जस्य कायम गर्ने उद्देश्यले स्थानीय तहमा घुम्ती...
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी प्रतिनिधिसभा सभामुखका पदका लागि काँग्रेस र एमालेले उम्मेदवारी दिएका छन् । विहिबार हुने निर्वाचनका लागि काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारी उठाएका हुन् । बुधबार नेपाली काँग्रेसले सांसद ईश्वरी न्यौपाने र नेकपा एमालेका देवराज घिमिरेलाई सभामुखमा उठाएका हुन् ।
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन् ।
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् ।
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ !
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ ! मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ ।
लुम्बिनीको उपसभामुखमा केसी
लुम्बिनीको उपसभामुखमा केसी लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।
Weather Update