Shittalpati
पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु

पाल्पा, डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन मधुसुधन भट्टराईका अनुसार तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो ।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको जनाइएको छ । ति महिलामा साउन १६ गते डेंगु संक्रमण पुष्टी भएको थियो । संक्रमण भएपनि उनी सामान्य उपचार गरी घरमै आराम गर्दै आएकी थिइन् । समस्या बढ्दै गएपछि मात्र उनी आइतबार अस्पताल पुगेकी थिएन् ।

 पाल्पामा डेंगीबाट ४८ जना संक्रमित भइसकेको ल्याव टेक्निसियन भट्टराईले जानकारी दिए । उनका अनुसार यो गत पुस १७ गतेदेखिको तथ्याङ्क हो । तानसेनका युनाइटेड मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज लगातयमा रगत परीक्षण गराउँदा ४८ जनामा डेंगी देखिएको थियो ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगी संक्रमण पछिल्लो समय बढ्दै गएको छ । तीन महिनाअघि फाट्टफुट देखिन थालेको डेंगीको संक्रमण पछिल्लो समय तीव्ररुपमा फैलिएको हो ।

डेंगु एडिज लामखुट्टेले टोकेका कारण निम्तिने रोग हो । डेंगु हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायतका समस्या देखिने बित्तिकै चिकित्सकको सल्लाह लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update