पाईलटमाथि अभद्र व्यवहार गर्नेहरू पक्राउ
मंगलबार, माघ १०, २०७९
सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झना गरियो
मंगलबार, माघ १०, २०७९
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंगलबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
बाजुरामा पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प
मंगलबार, माघ १०, २०७९
आज दिउँसो सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प आएको छ । अपराह्न २ः४३ बजे आएको भूकम्पको झट्काका कारण कैलालीमा पनि घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए ।
गुल्मी काँग्रेसको बैठक : तत्काल सबै तहका सम्मेलन गर्ने निर्णय
मंगलबार, माघ १०, २०७९
नेपाली काँग्रेस गुल्मीले जिल्लाका सबै स्थानीय तह र सम्पर्क समितिका नियमित सम्मेलनहरु तत्काल गर्ने निर्णय गरेको छ । काँग्रेसको मंगलबार बसेको आठौं बैठकले पार्टीको विधान अनुसार स्थानीय तह, प्रदेश र क्षेत्रको नियमित सम्मेलनका साथै राजधानी समेत विभिन्न शहरमा भएका सम्पर्क समितिको अधिवेशनलाई २०७९ फागुन मसान्त भित्र सक्ने गरी सबै तहमा...
रामपुरमा स्थानीय र प्रदेश सरकारबिच छलफल
मंगलबार, माघ १०, २०७९
स्थानीय सरकार र प्रदेश सरकारबिच सहकार्य गर्नेमा जोड दिइएको छ । रामपुरमा भएको स्थानीय सरकार र लुम्बिनी प्रदेश सरकारबिचको अन्तरक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले विकास र समृद्धिका लागि सहकार्य गर्नेमा जोड दिएका हुन् ।
चिच्याएर बर माग्ने मालिका मन्दिर ओझेलमा
मंगलबार, माघ १०, २०७९
जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक भनेको यहाँ बर माग्दा चिच्याएर माग्नुपर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थल मध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ...
सामाजिक सञ्जालमा लगाएको आरोपको नगर प्रमुखले गरे खण्डन
सोमबार, माघ ९, २०७९
सामाजिक सञ्जालमा नगर प्रमुख माथि लगाइएको आरोपको खण्डन गरिएको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सोमबार एक विज्ञप्ति जारी गरी नगर प्रमुखलाई जोडेर गरिएको कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रस्ट पारेका हुन् ।
काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता
सोमबार, माघ ९, २०७९
नेपाली काँग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । संघीय संसद् सचिवालयले सोमबार काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएको हो ।
पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा सरकारको स्वीकृति लिनुपर्ने
सोमबार, माघ ९, २०७९
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो र भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा स्वीकृति लिन आह्वान गरेको छ । समितिको गठन आदेश, २०७७ र यसअन्तर्गत बनेका नियमका आधारमा समितिले स्वीकृति लिन आग्रह गरेको हो ।
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
सोमबार, माघ ९, २०७९
राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ?
सोमबार, माघ ९, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्ता साझेदार दलहरूले मन्त्रालयको बाँडफाँट नै टुंगो लगाउन सकेका छैनन् । मुख्यमन्त्री गिरीले सत्ता गठबन्धनका दलहरुसँग लगातार छलफल गरे पनि मन्त्रालय भागबण्डा हुन सकेको छैन ।
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
सोमबार, माघ ९, २०७९
गुल्मीको मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अंगे्रजी माध्यम । कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् ।
मनाइयो सोनाम ल्होसार
सोमबार, माघ ९, २०७९
आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।


