हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
बुधबार, फागुन १७, २०७९
रेल दुर्घटनामा ३२ को मृत्यु
बुधबार, फागुन १७, २०७९
ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ ।
रास्वपाको चुनाव चिह्न फेरियो
बुधबार, फागुन १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।
राष्ट्रपति निर्वाचन : आजदेखि आचारसंहिता लागू
बुधबार, फागुन १७, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि चैत्र ५ गतेसम्म लागू हुनेगरी आचारसंहिता लागु गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरी निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको जनाएको छ ।
संंकटमा लुम्बिनी प्रदेश सरकार
बुधबार, फागुन १७, २०७९
संघीय सरकारमा सत्ता फेरबदलसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको छ । आसन्न राष्ट्रपति निर्वाचनलाई लिएर केन्द्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेससहित ८ दलको नयाँ गठबन्धन बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको हो ।
राष्ट्रपतिमा पौडेललाई भोट माग्दै कांग्रेसले पठायो पत्र
मंगलबार, फागुन १६, २०७९
नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै
मंगलबार, फागुन १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
सुरु भयो होली पर्व, आठ वर्षपछि तानसेनमा ठड्याइयो चीर
मंगलबार, फागुन १६, २०७९
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन पाल्पाको तानसेनस्थित टक्सारटोलमा विधिवत रुपमा चीर ठड्याइएको छ । गणेश मन्दिरको मूलद्धार अगाडि रंगीचंगी धजाले सिंगारिएको चीर आठ वर्षपछि गाडिएको हो ।
मन्दिर र सहकारीमा चोरीका घटना बढ्दो
मंगलबार, फागुन १६, २०७९
गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ । एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो । चन्द्रकोट गाउँपालिका–४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक...
एमाले सरकारबाट बाहिरियो
सोमबार, फागुन १५, २०७९
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । सो निर्णय पछि सरकारमा सहभागी एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका...
एमाले सरकारबाट बाहिरिदैं
सोमबार, फागुन १५, २०७९
नेकपा (एमाले)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको हो ।
शिक्षकले पाएनन् पारिश्रमिक
सोमबार, फागुन १५, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउने गरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।
दुई महिनामै भत्कियो सत्ता गठबन्धन
आइतबार, फागुन १४, २०७९
पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले बालकोटको बार्दलीबाट हात हल्लाउँदै गठबन्धनको यात्रा तय गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावपछि पहिले प्रधानमन्त्री नदिएपछि निराश बनेका दाहाल त्यतिबेला अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ...


