Shittalpati
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे 
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे  नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।
लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति
लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन दलहरुले लुम्बिनी प्रदेशका अधिकांस ठाउँहरुमा सहमति गरेका छन् । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार प्रदेशका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो । लुम्बिनीका २६ सिट मध्ये सहमति अनुसार १२ सिट नेपाली काँग्रेस, ६ सिट...
राष्ट्रियसभा : दुई विधेयक पारित
राष्ट्रियसभा : दुई विधेयक पारित राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने ब्यक्ति पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जना र भाँडा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चारीको आरोपमा प्रहरीले बाग्लुङ बडिगाड गाउँपालिका– १० का हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१...
बच्चा चोरको अफवाह
बच्चा चोरको अफवाह गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका...
दुर्गममा वडाको सम्पर्क कार्यालय
दुर्गममा वडाको सम्पर्क कार्यालय जिल्लाको रेसुङ्गा नगरपालिका भित्रपर्ने दुर्गम क्षेत्रमा वडा कार्यालयको सम्पर्क कार्यालय खोलिएको छ । यहाँको सबै भन्दा दुर्गम रहेको रेसुङ्गा नगरपालिका–४ मा वडाको सम्पर्क कार्यालय खोलिएको हो । पराल्मीको डाँडापोखरीमा वडा कार्यालय रहे पनि रातामाटाका नागरिकलाई भौगोलिक रुपमा कठिनाई भएकाले रातामाटाको एक कोतघर वडाको समपर्क कार्यालय खोलिएको नगरपालिकाले जनाएको छ ।
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र
अपाङ्गतालाई घरमै पुगेर परिचयपत्र अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको छ । जिल्लाको रेसुंगा नगरपालिकाले एक पूर्ण अशक्त महिलालाई घरमै गएर अपाङ्गता परिचयपत्र प्रदान गरेको हो । नगरपालिकाको वडा नम्बर– १४ रातामाटाकी ४८ वर्षीया पूर्ण अशक्त महिला पुनीकला अचार्यलाई उनकै घरममा गएर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्रदान गरिएको नगरप्रमुख खिलध्वज पन्थीले...
मतपत्र छपाइको प्रक्रिया सुरु
मतपत्र छपाइको प्रक्रिया सुरु निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो
रिब्दीकोटमा विषादी सेवनबाट एक वृद्धको ज्यान गयो जिल्लाको रिब्दीकोट गाउँपालिकामा विषादी सेवनबाट एक वृद्धको ज्यान गएको छ । रिब्दीकोट–५ देवीडाँडाका ५५ वर्षीय सन्ते (मेख) बहादुर खड्काको विषादी सेवनबाट ज्यान गएको हो ।
Weather Update