Shittalpati
‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम
‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
धुर्कोटमा नयाँ गुफा फेला
धुर्कोटमा नयाँ गुफा फेला गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलि·, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे...
स्थानीय सरकारले गरे महिलालाई सम्मान
स्थानीय सरकारले गरे महिलालाई सम्मान जिल्लाका केही स्थानीय सरकारले महिलालाई सम्मान गरेका छन् । ११३ औं नारी दिवसको अवसरमा यहाँका रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महिलाहरुलाई सम्मान गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।
राष्ट्रपतिमा पौडेल विजयी
राष्ट्रपतिमा पौडेल विजयी नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ? मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...
फागु पर्वको मौलिकता संरक्षणमा जोड
फागु पर्वको मौलिकता संरक्षणमा जोड पछिल्लो समय फागु पर्वको मौलिक संकृति हराउँदै जान थालेपछि पाल्पामा त्यसको सरक्षण गर्नुपर्ने आवाज उठेको छ । फागु पर्व होली मनाउने क्रममा विभिन्न विकृति र विसंगतीहरु भित्रिदै जान थालेकाले त्यसको मौलिकता जोगाउनुपर्ने आवाज उठ्न थालेको हो ।
‘नेपालको संविधान विश्वमै नमूना’
‘नेपालको संविधान विश्वमै नमूना’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।
स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा
स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा देशभर विद्यार्थी संगठनहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । गुल्मीको रेसुुङ्गा बहुुमुुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । उसले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतिमा पुनाराम घिमिरेलाई उम्मेदवार घोषणा गरेको हो । घिमिरे क्याम्पसका इकाई सभापति...
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै
तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा
काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण देशभर बदली हुनाका साथै विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाए ।
Weather Update