बरजु गुठीले मनायो वार्षिक साधारण सभा
सोमबार, असोज ३, २०७९

छ सय ८१ कैदीलाई आममाफी
आइतबार, असोज २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आइतबार, असोज २, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।

पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
आइतबार, असोज २, २०७९
नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आइतबार, असोज २, २०७९
यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ ।

अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो
आइतबार, असोज २, २०७९
अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
आइतबार, असोज २, २०७९
पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दसैंका लागि टिकट बुकिङ खुला
आइतबार, असोज २, २०७९
सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...

गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
शनिबार, असोज १, २०७९
अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।

रामपुरमा अवैध संरचना हटाइँदै
शनिबार, असोज १, २०७९
सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
शुक्रबार, भदौ ३१, २०७९
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।