Shittalpati
मकै र गहुँको सट्टा कफी खेती
मकै र गहुँको सट्टा कफी खेती अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् ।
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै
रैनादेवी माविले स्वर्ण महोत्सव मनाउँदै रैनादेवी माध्यमिक विद्यालय भुवनपोखरीले आफ्नो स्वर्ण महोत्सव मनाउन लागेको छ । विद्यालयले चैत्र २ गते स्वर्ण महत्सव मनाउन लागेको हो ।
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ नेपालले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । आज उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राष्ट्रपतिको जिम्मेवारी पाउने छन् । नवनिर्वाचित पोडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गरी राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गर्ने छन् । उनको प्रवेशसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने विदाई हुनेछिन् ।
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी
दुई वर्ष नाघेका मुद्दा तीन सय बढी रुपन्देही जिल्ला अदालत भैरहवामा दुई वर्षसम्म फैसला नभएका मुद्दाको संख्या तीन सय २४ पुगेको छ । अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो संख्याका मुद्दा दुई वर्ष पुराना छन् ।
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी
लुम्बिनीमा अलपत्र विद्युतीय सवारी बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् ...
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी  उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना, जनमत पार्टीबाट १ र एमालेबाट एक जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । उसले स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।
उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने
उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिलानै हुनुपर्ने स्पष्ट पारेको छ । आयोगले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक समुदाय र लि·बाट हुनुपर्ने स्पष्ट पारेपछि पुरुष उम्मेदवार हुुन नपाउने भएका हुन् ।
चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार
चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार भारतको मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा उपचाररत नेपाली कांँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आइरहेको छ ।
Weather Update