Shittalpati
साउन १० देखि अवरुद्ध संसद् खुल्यो

पाल्पा, गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुनकाण्डको छानबिनको माग राखी अवरुद्ध गर्दै संसद् सहमति पछि सञ्चालन भएको हो ।  

छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको छ । प्रतिनिधिसभाको बैंठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने दलीय सहमतिको जानकारी गराएका थिए ।

निरन्तर अवरोधका कारण आम जनताका जल्दाबल्दा विषयमा छलफल र नियमित कार्यसूचीमा संसद् प्रवेश गर्न सकेको थिएन । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसको छानबिन सुरुमा राजश्व अनुसन्धान विभाग गरेको थियो । पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update