Shittalpati
सीईआबीले लियो नेपाल र भट्टराईसँग बयान

पाल्पा, सरकारको आलोचना टार्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई  बयान लिएको छ । ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी नेपाल र भट्टराईलाई ‘सामान्य सोधपुछ’ समेत नगरी उन्मुक्ति दिने प्रयास भएको  भन्दै सर्वत्र आलोचना भएपछि सीआइबीले बयान लिएको हो । 
आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले सरकारको आलोचना टार्न नै लागि भए पनि नेपाल र भट्टराईसँग बयान लिएको छ । सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो । सीआईबीले बयान लिने तयारी गरिरहेका बेला सत्ता गठबन्धन दलको दबाबमा नेपाल र भट्टराईसँग बयान नलिई अनुसन्धान टुंग्याउन लागेको थियो ।

उनीहरुसँग बयान नलिइकन सीआईबीले आइतबार ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय गराउने मुख्य व्यक्तिसम्मै अनुसन्धान गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगर्दा अवहेलनाको मुद्दा लाग्न सक्ने भन्दै नेपाल र भट्टराईसँग बयान नगरी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन नसकिने अडान सीआईबीका अधिकारीहरूले लिएपछि प्रतिवेदन बुझाउनुअघि बयान लिएको स्रोतले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update