पाल्पाको निस्दीमा बालिकाको खोलामा डुबेर मृत्यु
शनिबार, चैत २५, २०७९
रैनादेवी छहराको भुवनपोखरीमा निःशुल्क प्रजनन् सम्बन्धी शिविर, २ सय ५० जनाले लिए सेवा
शनिबार, चैत २५, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी गोखुङ्गामा महिलाको प्रजनन् स्वास्थ्य शिविर सञ्ंचालन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा भुवनपोखरीमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
तानसेनमा मिलिजुलीले गर्यो जेष्ठ नागरिकलाई सम्मान
शनिबार, चैत २५, २०७९
जिल्लाको तानसेन नगरपालिका–३ को सामाजिक क्षेत्रमा क्रियाशिल मिलिजुली टोलविकास संस्थाले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उसले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वडाका ८० वर्ष भन्दा माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
पाल्पामा फैलिँदै ‘लम्पी स्किन’, धमाधम बिरामी हुँदै गाई गोरू
शनिबार, चैत २५, २०७९
पाल्पाका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिदै गएको छ । सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोग पछिल्लो केही दिन यता प्रकोपकै रूपमा फैलिदै गएको हो ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शनिबार, चैत २५, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।
‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शुक्रबार, चैत २४, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।
ठगी गर्ने नासु पक्राउ
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले आज एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नायव सुब्बा पशुपति अधिकारी रहेका छन् ।
ठगी गर्ने गिरोह सार्वजनिक
शुक्रबार, चैत २४, २०७९
वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।
अध्ययन गर्न विदेश जाने विद्यार्थी बढे
शुक्रबार, चैत २४, २०७९
पछिल्लो समय वैदेशिक अध्ययनका लागि विद्यार्थीको विदेश मोह बढ्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार गएको साउनदेखि यही चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन् ।
आजदेखि निर्वाचन आचारसंहिता लागू
शुक्रबार, चैत २४, २०७९
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने भएको हो ।
तानसेनमा हनुमान जयन्ती मनाइयो
बिहीबार, चैत २३, २०७९
जिल्लाको तानसेनमा हनुमान जयन्ती मनाइएको छ । बिहीबार सनातन धर्म सेवा समिति मेहल्धारा तानसेनले हुनुमानको पूजासँगै हनुुमानको मन्दिरमा र·रोगन गरी हनुमान जयन्ती मनाएको हो । हनुमान जयन्तीको अवसरमा सनातन धर्मका अनुयायीले नारायणस्थान फूलबारीस्थित हनुमान मन्दिरमा हनुमानको पुजा गरेका हुन् ।
खेलकुदले मित्रता बढाउँछ : अध्यक्ष ओली
बिहीबार, चैत २३, २०७९
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रलाई उपेक्षा नभई थप महत्व दिनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रबाट राष्ट्रिय पहिचानलाई थप उज्यालो गरी देखाउन सकिने उल्लेख गर्दै खेलाडीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्नेसमेत बताए ।
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह
बिहीबार, चैत २३, २०७९
स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन मिडियाकर्मीलाई आग्रह गरिएको छ । बुधबार स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र तानसेन नगरपालिकाले तानसेनमा आयोजना गरेको मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि स्वास्थ्य प्रवद्र्धन सेवा सम्बन्धी पैरवी कार्यक्रममा सरोकारवालाले स्वास्थ्य प्रवद्र्धन सेवालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।


