Shittalpati
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैले विक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् ।
रवि लामिछानेको सांसद् पद खारेज
रवि लामिछानेको सांसद् पद खारेज सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने धवल पुस्तकालय पाल्पाद्वारा स्थापित ‘धवल पुरस्कार’ गुल्मीका वरिष्ठ साहित्यकार तथा पुस्तकालय अभियन्ता शशी पन्थी र ‘धवल सिर्जना पुरस्कार’ कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिने भएको छ ।
विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो
विद्याकी देवीको पूजा गरी श्रीपञ्चमी मनाइयो विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी बिहीबार श्रीपञ्चमी पर्व मनाइएको छ । देशभर धुमधामका साथ यो पर्व मनाइएको हो ।
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त
निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको छ : प्रमुख निर्वाचन आयुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको बताए । नेपाल कानून आयोग र प्रेस काउन्सिल नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९, आमसञ्चार पर्यवेक्षण प्रतिवेदन’ माथिको छलफलमा उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा...
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ ।
डकर्मीको भर, भूकम्प प्रतिरोधी घर
डकर्मीको भर, भूकम्प प्रतिरोधी घर स्याङ्जाको वालिङ नगरपालिकाले डकर्मीलाई भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएको छ । उक्त नगरपालिकाको आयोजनामा र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा नगरभित्रका ४२ डकर्मीलाई घर बनाउन सिकाइएको हो ।
आज श्रीपञ्चमी, देशभर मनाइदैं
आज श्रीपञ्चमी, देशभर मनाइदैं प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ ।
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने
छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर
रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाको भुवनेडाँडामा आकर्षक मन्दिर निर्माण गरिएको छ । रेसुङ्गा नगरपालिका – १३ भँगारी भुवने डाँडामा पिकनिक स्पोर्टसँगै आकर्षक मन्दिर निर्माण गरिएको हो ।
Weather Update