Shittalpati
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री

पाल्पा, लायन्स क्लव अफ पाल्पा विपनाले तानसेनस्थित बालमन्दिर प्राविका बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा गर्ने उद्देश्य २०१९ जुलाई १४ मा स्थापना भएको क्लवले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको हो ।

 क्लवले बालबालिकाहरुका लागि ५ थान क्यारामबोर्ड, १८ थान साना ठूला बल, ४ थान लुडो, ३ जोड ब्याडमिण्टन, १२ वटा रिङ, ६ थान स्पिकीङ लगायतका सामग्री हस्तान्तरण गरेको थियो । उक्त सामग्री गेटको एफडब्ल्युसिका कोडिनेटर सुशिल प्रधान, क्लवका चार्ट प्रिजेन्ट तथा लायन्स क्लव अफ इन्टरनेश्नल डिष्ट्रिक ३२५ पी एरिया २ का एरिया चिफ भीमबहादुर श्रेष्ठ, क्लवका अध्यक्ष गणेशबहादुर जिसी लगायतले विद्यालयकी प्राधानध्यापक पार्वती पौड्याललाई हस्तान्तरण गरेका हुन् । यस्तै सोही अवसरमा क्लवका चार्ट प्रिजेन्ट भीमबहादुर श्रेष्ठले आफ्नी स्वर्गीय छोरीको सम्झनामा उनको जन्म दिनकै दिन विद्यालयका बालबालिकाहरुलाई खाजा र तीन थान पंखा समेत सहयोग गरेका थिए ।

कार्यक्रममा गट टिमको एफडब्लुसिका कोडिनेटर सुशिल प्रधानले क्लवले बालबालिकाहरुलाई खेलकुद र शैक्षिक सामग्री सहयोग गरेर प्रशंसनिय काम गरेको बताए । उनले बालबालिकाहरुको शिक्षामा सहयोगले थोरै भए पनि राहत मिल्नेमा विश्वास व्यक्त गरे । ‘हामीहरु सेवा गछौं भन्ने भावनाले क्लव स्थापना भएको हो । सोही अनुसार हामी सेवामा समर्पीत भएका छौं’ क्लवका चार्ट प्रिजेन्ट भीमबहादुर श्रेष्ठले भने । उनले विद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री अभाव रहेको भन्ने जानकारी पाएपछि आफुहरुले थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यले सामग्री सहयोग गरेको बताए । विद्यालयकी प्राधानध्यापक पार्वती पौड्यालले क्लवले बालबालिकाहरुप्रति देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको भन्दै क्लवलाई हार्दिक आभार व्यक्त गरिन् । कार्यक्रममा डिष्ट्रिक अनररी एडभाइजर बुद्धिप्रसाद शर्मा, डिष्ट्रिक डिपुटी चिफ सकुन्तला बज्राचार्य लगायतले आ–आफ्ना धारणा राखेका थिए । क्लवका अध्यक्ष ला. गणेशबहादुर जिसीको अध्यक्षता, संस्थापक सदस्य ला.सुशिल नेपालको स्वागत, प्रथम उपाध्यक्ष ला.बाबुराम ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।   बालमन्दिर प्राविमा बाल कक्षादेखि तीन कक्षासम्म पढाई हुँदै आएको छ । अहिले विद्यालयमा एक सय ४० बालबालिकाहरु अध्ययन गर्दै आएका छन् । यहाँ पारिवारिक वातावरणमा महिला शिक्षकहरुले सिकाउँदै आएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update