Shittalpati
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु

पाल्पा, डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको संक्रमण डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

उनको बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  केही दिन अघि पनि डेंगी संक्रमणबाट पाल्पामा एक महिलाको मृत्यु भएको थियो । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगीबाट मृत्यु भएको हो । उनको पनि मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update