Shittalpati
रेडक्रसको अर्धवार्षिक समीक्षा

गुल्मी, नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाद्वारा कालीगण्डकी गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल परियोजना २०२३ को अर्धवार्षिक समीक्षा गरिएको छ । स्वीस र ब्रिटिस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी गुल्मीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश शाखा र केन्द्रीय कार्यलयको प्राविधिक सहजीकरणमा कालीगण्डकीमा सञ्चालित परियोजनाको समीक्षा गरिएको हो ।

समीक्षामा रेडक्रसका कार्यक्रम अधिकृत मौसम श्रेष्ठले जनवरी, २०२३ देखि जुन २०२३ सम्म गरेका गतिविधि र उपलब्धिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सिकाइ आदान–प्रदान र आगामी दिनका चुनौतीबारे छलफल गरिएको थियो ।  वडा अध्यक्षहरूले आगामी दिनमा थप सशक्त भएर लाग्ने र कार्यक्रसँग सम्बन्धित विषयहरुमा पूर्ण स्वामित्व लिई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा रेडक्रसका केन्द्रीय स्वास्थ्य सेवा विभागका कार्यक्रम उपनिर्देशक बालकृष्ण सेढाई, रेडक्रसका केन्द्रीय सदस्य अनुप श्रेष्ठ, लुम्बिनी प्रदेश शाखाका उपनिर्देशक राजकुमार क्षेत्री, जिल्ला सभापति राजेन्द्र श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष मञ्जु दर्लामी, शाखाका पदाधिकारी, वडाअध्यक्षहरु, कालीगण्डकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर थापा, पालिकाका विषयगत शाखाका प्रमुखहरु, स्वयंसेविका, आमा समूह, जेष्ठ नागरिक, युवा समूूहका प्रतिनिधि तथा परियोजनाका सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा गोष्ठी गरिएको रेडक्रस सोसाइटी गुल्मी शाखाका प्रकाश भट्टराईले जानकारी दिए । कालीगण्डकी उपशाखाका सभापति झमबहादुर आलेको अध्यक्षता, सरस्वती भण्डारीको स्वागत, पालिकाका कार्यक्रम संयोजक खीम ओलीले सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update