पाल्पाको रिब्दीकोटमा ससुराली गएका ज्वाई मृत फेला
आइतबार, फागुन ७, २०७९
उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आइतबार, फागुन ७, २०७९
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न...
रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र
आइतबार, फागुन ७, २०७९
पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।
सांसद भण्डारीको ‘दुवै खुट्टाको शल्यक्रिया, आत्तिनुपर्ने अवस्था छैन’
शुक्रबार, फागुन ५, २०७९
घरमै ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका काँग्रेस नेता तथा गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार जारी छ । सांसद भण्डारीको अवस्था स्थिर रहेको र आज दुवै खुट्टाको सफल शल्यक्रिया गरिएको नेपाली काँग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
शुक्रबार, फागुन ५, २०७९
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ तीन दिनसम्म मनाइने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन भनेको हो ।
काँग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
शुक्रबार, फागुन ५, २०७९
बुधबार राति खाना पकाउने ग्याँस लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
डा.चन्द्र भण्डारी र आमा कसरी परे आगलागीमा ?
शुक्रबार, फागुन ५, २०७९
बुुधबार राति घरमा आगलागी हुँदा नेपाली काँग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते भए । आमा ८६ वर्षीया हरिकलाको त उपचारका क्रममा मृत्यु भयो भने डा.भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ । ग्याँस लिकेज भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि यकिन छैन ।...
रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई
शुक्रबार, फागुन ५, २०७९
निर्माण गरिएको रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १५ शैयाको उक्त भवन एक कार्यक्रमका बिच रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीबाट बजेट विनियोजन भई भवन निर्माण गरिएको थियो ।
निःशुल्क एम्बुलेन्स चलाउँदै वडा सदस्य थापा
शुक्रबार, फागुन ५, २०७९
गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वादी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् । गत वैशाखमा वडा सदस्यमा निवार्चित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् ।
निर्वाचन आयुक्त पौड्यालको बिदाइ
बिहीबार, फागुन ४, २०७९
छ वर्षे पदावधि पूरा गरी निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्याल आजदेखि अवकाश भएका छन् । आयोगमा आज आयोजित कार्यक्रमबीच आयुक्त पौड्यालको बिदाइ गरिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीको उपस्थितिमा आयोजित कार्यक्रममा आयुक्त पौड्याललाई माला र दोसल्लाबाट सम्मान गरिएको थियो ।
स्ववियु कार्यतालिका सार्वजनिक
बिहीबार, फागुन ४, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे ।
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगियो
बिहीबार, फागुन ४, २०७९
ग्याँस सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांँग्रेस सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो ।
ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई घाइते
बिहीबार, फागुन ४, २०७९
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


