Shittalpati
बारुद गोदाममा विस्फोट हुँदा दशको मृत्यु

रासस/एएफपी
ब्याङ्कक, दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको संख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन् । अनुमति बिना गोदाम सञ्चालन गरेको आरोपमा गोदामका मालिकलाई प्रहरीले खोजी गरिरहेको छ । शनिबार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदाम नजिक वेल्डिङ गर्दा झिल्का लागेर विष्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौँ घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 ‘हामीले १० जनालाई पहिचान गरेका छौं र दुईवटा शवका भाग फेला पारेका छौँ जसको हामीले अझै पहिचान गर्न सकेका छैनौँ, डिएनए परीक्षणलागि सम्बन्धित निकायमा पठाइएको छ,’ नाराथिवाटका प्रान्तीय गभर्नर सानन पोंगाक्सर्नले पत्रकार सम्मेलनमा भनेका छन् । नरथिवाटका प्रहरी कमाण्डर, प्रहरी मेजर जनरल चालर्मपोर्न खाम्खिउले विष्फोट हुनुभन्दा केही समयअघि वारुद गोदामबाट पटाका क्रेतासमक्ष आपूर्ति गरिएको बताएका छन् । गोदामको एक हजार किलो बारुद विष्फोट भएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update