Shittalpati
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’
‘डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो’ ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी
राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन् । उनले ४ हजार २६ मत प्राप्त गरेर राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।
सभामुखसँग चिनियाँ राजदूतको भेट
सभामुखसँग चिनियाँ राजदूतको भेट सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अर्यालले गरिन पदभार ग्रहण
अर्यालले गरिन पदभार ग्रहण राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपाध्यक्ष उपाध्यक्ष अर्यालले पदभार ग्रहण गरेकी हुन् ।
मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने
मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
आलै छ कोरोनाले बनाएको घाउ
आलै छ कोरोनाले बनाएको घाउ सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन ।
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
विपन्न तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति जिल्लाको एक विद्यालयका विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्लाको तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा अध्ययनरत ४ जना विपन्न तथा जेहनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको हो ।
टर्की र सिरियामा भूकम्प : सयौंको मृत्यु
टर्की र सिरियामा भूकम्प : सयौंको मृत्यु टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो ।
राष्ट्रियसभाबाट तीन विधेयक पारित
राष्ट्रियसभाबाट तीन विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
Weather Update