Shittalpati
गुल्मीका औषधि पसलमा अनुगमन

गुल्मी, जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा कतिपयले एलोपेथिकको अनुमति लिएर आयुर्वेदिक बेच्ने गरेको पाईएको छ भने कतिपय क्लिनिक अनुमति बिना नै औषधि पसलहरु सञ्चालन गरेको पाइएका प्रशासकीय अधिकृत नरेश गिरीले बताए । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको अधिकृत गिरीले बताए । १४ एलोपेथिक र ५ आर्युर्वेदिक गरी १९ औषधी पसलहरुको अनुगमन गरिएको छ । ईजाजत प्राप्त व्यक्तिले औषधि नबेची अन्य व्यक्तिले औषधि विक्री वितरण गरेको पाईएको छ । केही औषधि म्याद नागेका पाईएकाले औषधि पसलहरुको कमि कमजोरीलाई तत्काल सुधार गरी मापदण्ड अनुसार औषधी पसलहरु सञ्चालन गर्नको लागि सबै औषधि व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update