Shittalpati
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन

पाल्पा, पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।

सत्तारुढ गठबन्धनमा रहेका जिल्लास्थित नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । चार कम्युनिष्ट घटकहरूले, राजनीतिक स्थिरतासँगै स्थानीय सरकारका कामको सही प्रचार गर्न, जिल्लामा शुसासन कायमका लागि पहल गर्न, स्थानीय तहमा देखिएको बेथिती तथा चुनढुंगा खानीबाट देखिएका समस्या समाधानका लागि पहल गर्न भन्दै समाजवादी मोर्चा गठन गरेको जनाएका छन् ।

चार दलको संयुक्त बैठकले पूर्व सासंद तथा नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादब बहादुर रायमाझीको संयोजकत्वमा मोर्चा गठन गरेको हो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update