Shittalpati
पूर्वउपप्रमुख खनालको निधन

बुटवल, बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको  आइतबार बिहान निधन भएको हो ।

खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियोे । खनाल नेपाली काँग्रेसका नेता समेत हुन् । उनी विसं २०४६ को जनआन्दोलन पछि विसं २०४९ मा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । पाल्पाको कुसुमखोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update