नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
शुक्रबार, भदौ १०, २०७९

प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता
शुक्रबार, भदौ १०, २०७९
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार अगामी प्रतिनिधि सभाको निर्वाचनाका लागि ८७ वटा दलले दर्ता गराएका हुन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।

पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त
बिहीबार, भदौ ९, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

निर्वाचनको तयारीमा जुटे लुम्बिनीका दलहरु
बिहीबार, भदौ ९, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । सरकारले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।

बिउ प्रशोधन केन्द्रले उत्पादकलाई सहज
बुधबार, भदौ ८, २०७९
स्याङ्जाको वालिङ नगरपालिका–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले बिउ प्रशोधन थालेको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै बिउ समूहद्वारा उत्पादित बिउको सफाइ गर्ने, ग्रेडिङ गर्ने, विषादी उपचार गर्ने र प्याकेजिङ गर्न थालिएको हो ।

बन्दले नागरिकलाई सास्ती
मंगलबार, भदौ ७, २०७९
लामो समय बन्द, हड्तालको सास्ती झेल्न नपरेका नेपालीले मंगलबार भने फेरी सास्ती झेल्नु पर्यो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले सरकारसँग भएको आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।

बगनासकालीमा नवजात शिशु मृत फेला
मंगलबार, भदौ ७, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्जयाङ स्थित सिद्धार्थ राजमार्गमा नवजात शिशु मृत फेला परेको छ । मंगलबार दिउँसो सडक छेउमा लिङ्ग पहिचान नभएको शिशु मृत अवस्थामा फेला परेको हो ।

काँग्रेसले देशभर प्रतिनिधि खटायो
मंगलबार, भदौ ७, २०७९
नेपाली काँग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ ।

पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते
मंगलबार, भदौ ७, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १७ जना महिला र १० जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल
मंगलबार, भदौ ७, २०७९
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँचदलीय गठबन्धनले नै निर्वाचनमा सफलता हासिल गर्ने बताएका छन् । एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दृढतापूर्वक गठबन्धन अगाडि बढेकाले निर्वाचनमा सफलता हासिल गर्ने दावी गरेका हुन्

रामपुरमा शहीद स्मृति पार्क निर्माण
मंगलबार, भदौ ७, २०७९
पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।

प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली
सोमबार, भदौ ६, २०७९
समाजवादी चिन्तक एवं काँग्रेस नेता प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस पाल्पाको आयोजनामा सोमबार शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । पार्टी कार्यालयमा शोक पुस्तिकामा हस्ताक्षरसँगै स्व.गिरीको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

पूर्व मन्त्रीदेखि सांसद भएकै जिल्लाको क्याम्पस आर्थिक संकटमा
सोमबार, भदौ ६, २०७९
पूर्व मन्त्रीदेखि सांसद र प्रभावशाली नेताहरु भएको गुल्मीको एक क्याम्पस आर्थिक संकटमा परेको छ । शैक्षिक धरोहरको रुपमा छुट्टै पहिचान बनाउन सफल भएको रेसुंगा बहुमुखी क्याम्पस अहिले आर्थिक संकटमा परेको हो । विसं २०३९ सालमा स्थापना भएको क्याम्पसले व्यवस्थापनमा आर्थिक समस्या भएको भन्दै आर्थिक संकटकाल घोषणा गरिसकेको छ ।