Shittalpati
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग

गुल्मी, जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।

कृषि ज्ञान केन्द्र र मालिका गाउँपालिकाको ५० प्रतिशत लागत सााझेदारीमा स्थानीय आलु ब्राण्डिङ्ग गरी बजार पठाइएको गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी बताए । यस वर्ष ३ सय टन आलु उत्पादन गरिएको थियो । ब्राण्डिङ्ग गरिएको आलु हजार टन बढी विक्री भैसकेको छ । गाउँका कृषकले बजार पाउने र शहरका उपभोक्ताले गुणस्तर पाउने गरी आलुको ब्राण्ड तथा प्याकेजि· गरिएको अध्यक्ष अर्यालले बताए । उनका अनुसार ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने आलुलाई ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर तम्घास, बुटवल लगायतका ठूला बजार क्षेत्रमा पठाउन लागिएको हो । पालिका उपाध्यक्ष उपेन्द्र अर्याले सहकारीमार्फत विक्रि वितरण थालिएको बताए ।

स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी कृषकलाई उचित मूल्य प्रदान गर्न आयातित संस्कार र परिकारको साटो आर्गानिक परिकारलाई प्राथमिकता दिन रैथाने आलुलाई बजारमा ल्याईएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए । उनका अनुसार अर्खाबाङ्ग लगायतका क्षेत्रमा उत्पादन हुँदै आएको रैथाने आलुको प्रचारप्रसार गरी बजारीकरण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीले आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update