Shittalpati
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ

गुल्मी, नेपाल तरुण दल कालीगण्डकी गाउँपालिका गुल्मीको सभापतिमा सुरेश श्रेष्ठ सर्वसमत निर्वाचित भएका छन् । दरुण दल पालिकाको प्रथम अधिवेशनले श्रेष्ठलाई सभापतिमा सर्वसमत निर्वाचित गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा विक्रम पुन, उपाध्यक्षहरूमा श्रीप्रसाद राना, डिलबहादुर पुन, अमरबहादुर सुनार सर्वसम्मत चयन भएका छन् । सचिवमा कुमार थापा, यमबहादुर थापा, भक्तबहादुर श्रीस चयन भएका छन् ।  सह–सचिवमा सचिन शाह, शंकर न्यौपाने, रेशन कुवंर राना , शिशिर पाण्डे , कोषाध्यक्षमा चन्द्रबहादुर क्षेत्री रहेका छन् ।  यस्तै वरिष्ठ सदस्यमा कुशल श्रीस, कृष्ण बिक, होमबहादुर थापा, चित्र गौचन, प्रेम बिक, मुक्ती न्यौपाने ,नारायण न्यौपाने ,निमबहादुर दर्लामी, रेशम थापा, किरण गुरुङ , सुरेश दर्लामी , सन्दिप नेपाली , सुमन राना, छत्रबहादुर थापा, चन्द्र बहादुर थापा, मीन बहादुर बुढाथोकी, मनबहादुर सुनार सर्वसमत निर्वाचित भएका हुन्  ।

अधिवेशनको नेपाली काँग्रेस गुल्मीका सभापति  खिलध्वज पन्थीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सभापति पन्थीले लोकतन्त्रलाई बलियो बनाउने दिशामा तरुणहरु एक हुनुपर्ने बताए ।  

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update