दुम्सी मार्न जाँदा आफैले बोकेको भरुवा बन्दुक पड्केर निस्दीमा एक पुरुषको मृत्यु
आइतबार, मंसिर २४, २०८०
मौलाउँदो भ्रष्टाचार, कमजोर सुशासन
आइतबार, मंसिर २४, २०८०
नेपाल जस्तो विकासोन्मुख देशमा भ्रष्टाचारले एकपछिअर्को सीमा नाघ्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले २०२२ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाललाई ११० औं स्थानमा राखेको छ ।
काँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र
आइतबार, मंसिर २४, २०८०
यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेलमा हुन गइरहेको नेपाली कँग्रेस पाल्पा सम्मेलनको तयारी तीव्र पारिएको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको हो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
आइतबार, मंसिर २४, २०८०
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।
सीमामा भिडन्त हुँदा ६ को मृत्य
शनिबार, मंसिर २३, २०८०
लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ ।
रुसी सेनामा कार्यरत पाल्पाका पौडेल सम्पर्कविहिन
शनिबार, मंसिर २३, २०८०
रुसी सेनामा कार्यरत पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल सम्पर्कविहिन भएका छन् । एक महिना अघि रुसी सेनामा भर्ना भई युक्रेन सिमानाको युद्धमा खटिएका पौडेल एक हप्ता देखी परिवारबाट सम्पर्कविहिन भएका हुन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
शनिबार, मंसिर २३, २०८०
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।
सरकारले गर्यो महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय
शनिबार, मंसिर २३, २०८०
सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद प्रशासन समितिबाट पेश भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।
यसरी हुन्छ संस्थागत अनियमितता
शुक्रबार, मंसिर २२, २०८०
गुल्मी, पाल्पा, रुपन्देही र आसपासमा चल्ने टिपर, जिप, बस र पिकअप गाडीका चालकले जिल्लामा बुझाउँन भन्दै महिनै पिच्छे केही रकम छुट्याउनु पर्ने बाध्यता रहेको खुल्न आएको छ ।
नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
परराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र
शुक्रबार, मंसिर २२, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुसी सेनामा स्वस्फुर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।
त्रिभुवन विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुईजना पक्राउ
शुक्रबार, मंसिर २२, २०८०
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो ।
प्रधानमन्त्रीको स्वीकारोक्ति ‘अर्थतन्त्र सुधारको अनुभूति जनताले गर्न सकेनन्’
शुक्रबार, मंसिर २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान आर्थिक अवस्था सकारात्मक भए पनि त्यसको महशुस आम जनताले गर्न नसकेको स्वीकारेका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले कमजोरी स्वीकार गरेका हुन् ।


