Shittalpati
गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गुल्मी, गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडी–तम्घास सडक खण्डस्थित गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा गौडाकोटदेखि बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गुल्मीदरबार गाउँपालिका–३ राजाका २९ वर्षीय अनिलराज घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए । दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सूर्यवंशी घाइते भएका छन् । घाइते सूर्यवंशीको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । मोटरसाइकल आफै अनियन्त्रित भई सडकदेखि ३० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी पोखरेलले  जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update