आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स
बुधबार, वैशाख १२, २०८१
माओवादी केन्द्र पाल्पाको इन्चार्जमा पाण्डे
बुधबार, वैशाख १२, २०८१
नेकपा माओवादी केन्द्र पाल्पाको इन्चार्जमा नेत्रप्रसाद पाण्डे चयन भएका छन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैंठकले पाण्डेलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
आजदेखि विश्व खोप सप्ताह सुरू
बुधबार, वैशाख १२, २०८१
विश्व खोप सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम हप्तालाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछन् । यस वर्ष २०२४ को विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइने गरिन्छ ।
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
मंगलबार, वैशाख ११, २०८१
मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका हुन् ।
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
सोमबार, वैशाख १०, २०८१
सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।
आफ्नै घरमा आगो लगाउने पक्राउ
सोमबार, वैशाख १०, २०८१
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शङ्कर पोख्रेलले जानकारी दिए ।
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
सोमबार, वैशाख १०, २०८१
गत शनिबार गुल्मीको इस्मा गाउँपालिका–१ र २ मा आगलागीमा परी जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।
आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल
सोमबार, वैशाख १०, २०८१
नेपाली काँग्रेस गुल्मीले आगलागी प्रभावितको राहत र उद्धारमा खटिन सबैमा अपिल गरेको छ । काँग्रेसले प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्थाका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैमा अपिल गरेको हो ।
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा
सोमबार, वैशाख १०, २०८१
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै १५ दिनमै जसपा सरकारबाट बाहिरिएको हो ।
आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै
सोमबार, वैशाख १०, २०८१
आज विश्व पृथ्वी दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।
दललाई आयोगले माग्यो स्पष्टीकरण
आइतबार, वैशाख ९, २०८१
निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने दलहरुलाई स्पष्टीकरण सोधेको हो । उसले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ । साथै प्रतिवेदन बुझाएर सार्वजनिक नगर्ने दललाई सातदिनभित्र सार्वजनिक गरी जानकारी दिने निर्देश समेत गरेको छ ।
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी, आगो निभाउन गएका दुुई जना घाइते
आइतबार, वैशाख ९, २०८१
पाल्पाका दर्जन बढी ठाउँमा आगलागी भएको छ । सुक्खा खडेरी बढेसँगै यहाँका वन र वन नजिकै रहेका वस्तीहरुमा आगलागी भएको हो । केही दिनयता जिल्लाका विभिन्न ठाउँहरुमा आगलागी भइरहेको छ । यहाँ आगलागीका कारण दर्जनौं घर, गोठ, पशुचौपाया जलेका छन् भने केही व्यक्तिहरु घाइते समेत भएका छन् ।
डढेलोले गुल्मीमा करोडौँको क्षति, ६७ भन्दा बढी घरगोठ जले
आइतबार, वैशाख ९, २०८१
गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करौडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरेका छन् ।


