Shittalpati
सिर्जनशील अपाङ्ग केन्द्र तानसेनको अध्यक्षमा पुनःभट्टराई
सिर्जनशील अपाङ्ग केन्द्र तानसेनको अध्यक्षमा पुनःभट्टराई जिल्लाको तानसेन नगरपालिका–७ काजीपौवामा रहेको सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रको अध्यक्षमा सन्दीप भट्टराई पुनः निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले भट्टराईलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो ।  
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’
किसानको गुनासो ‘कफीले प्रतिफल दिएन’ चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।
राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक
राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो ।
टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै
टोपबहादुर रायमाझीसहित ९ जना पुर्पक्षका लागि थुनामै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान मन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई छाड्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । अदालतले थुनछेक विरुद्धको पुनरावेदनमा शुक्रबार शुनुवाइ गर्दै रायमाझीसहित ९ जनालाई छाड्न अस्वीकार गरेको हो ।
बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने
बालकृष्ण खाँड छुट्ने कि नछुट्ने बारे राय बाझियो, अर्को इजलासमा छिनोफानो हुने नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे राय बाझिएको छ । विहिबार बहस सकिए पनि शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको हो । 
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश
पूर्वउप्रधानमन्त्री रायमाझीका छोरा सन्दिपलाई धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई  धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिवसहित शरणार्थी नेता रिजाललाई धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 
छोराको कुटपिटबाट बुबाको मृत्यु
छोराको कुटपिटबाट बुबाको मृत्यु उत्तरी रसुवामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।
पाल्पामा ३ सय ५१ एड्स संक्रमित
पाल्पामा ३ सय ५१ एड्स संक्रमित आज विश्व एड्स दिवस । नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्षको एड्स दिवसको नारा ‘समुदायले नेतृत्व गरौं’ भन्ने तय गरिएको छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १...
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा
सुरक्षाको माग गर्दै चिकित्सकहरु धर्नामा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले सुरक्षाको माग गरेका छन् ।
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । 
Weather Update