काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु
शनिबार, वैशाख ९, २०८०

कोरोनाबाट थप एकको मृत्यु
शनिबार, वैशाख ९, २०८०
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना उपचारत संक्रमितको निधन भएको हो ।

प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने
शनिबार, वैशाख ९, २०८०
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैंठकले वैशाख ३१ गते शाखाको नवौँ अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको हो ।

गुल्मीमा आगो निभाउने क्रममा जलेर एकको मृत्यु
शुक्रबार, वैशाख ८, २०८०
गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान मिसन अस्पताल पाल्पामा उपचारका क्रममा निधन भएको हो ।

त्रिविको परीक्षा सर्याे
शुक्रबार, वैशाख ८, २०८०
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अन्तर्गत वैशाख १० गतेको परीक्षा सरेको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको हो ।

विक्री नहुँदा गोदाममै थन्किए काठका भाँडाकुँडा
शुक्रबार, वैशाख ८, २०८०
स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर उनले जीविकोपार्जन गर्दै आएका छन् । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिके । आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास,...

उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक
शुक्रबार, वैशाख ८, २०८०
वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि प्रचार–प्रसारमा रोक लगाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम...

नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
बिहीबार, वैशाख ७, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

१ सय ५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन
बिहीबार, वैशाख ७, २०८०
देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकियो
बिहीबार, वैशाख ७, २०८०
उच्च अदालत तुलसीपुरको आदेशपछि पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोकिएको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै तानसेन नगर सरकारले संरचना भत्काउने कार्य रोकेको हो ।

भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा
बिहीबार, वैशाख ७, २०८०
तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार संग्रहालय क्षेत्रका घरटहरा डोजर लगाएर भत्काएको छ । नगर सरकारले दरबार संग्रहालय परिसरको तानसेनस्थित शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घरटहरा बुधबार भत्काएको हो । दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा नगर...

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारसँग छलफल
बिहीबार, वैशाख ७, २०८०
लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पाल्पाका स्थानीय सरकारसँग छलफल गरेको छ । मन्त्रालयले तानसेनमा स्थानीय तहका जनप्रतिनिधी तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर छलफल गरेको हो ।

रेचेघाटमा पक्की पुल निर्माण
बिहीबार, वैशाख ७, २०८०
पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो ।