राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
बुधबार, चैत २८, २०८०
भोलि देशभर सार्वजनिक विदा
बुधबार, चैत २८, २०८०
सरकारले भोलि ‘इदउलफित्र’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७९ चैत २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गृह मन्त्रायले सार्वजनिक विदा दिने निर्णय गरेको हो । यो पर्व इस्लाम धर्मावलम्वीहरुको प्रमुख चाड हो ।
सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह
बुधबार, चैत २८, २०८०
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।
ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
बुधबार, चैत २८, २०८०
२०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो ।
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
मंगलबार, चैत २७, २०८०
नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका–२ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।
सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै
मंगलबार, चैत २७, २०८०
करिब एक दशक अघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । संघीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ ।
आज नीमको पात खाने दिन
मंगलबार, चैत २७, २०८०
आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्वका रूपमा बुझाउँछ ।
सडकबाट उद्धार गरिएका वृद्धको मृत्यु
सोमबार, चैत २६, २०८०
सडकबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएका एक वृद्धको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग सडक छेउको नालीमा अचेत अवस्थामा भेटिएका वृद्धको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सोमबार मृत्यु भएको हो ।
एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे
सोमबार, चैत २६, २०८०
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।
विदेश पलायन रोक्न दूधमा अनुदान
सोमबार, चैत २६, २०८०
किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।
तानसेनका सरसफाइकर्मीसँग खुसी साटेर मनाए भण्डारीले जन्मदिन
आइतबार, चैत २५, २०८०
भण्डारीले आफु तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए ।


