सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
बुधबार, वैशाख ६, २०८०

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान
बुधबार, वैशाख ६, २०८०
सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिए ।

सेनाको गोरखा–जितगढी पदयात्रा
बुधबार, वैशाख ६, २०८०
नेपाली सेनाले चैत २९ गतेदेखि गोरखा–जितगढी पदयात्रा सञ्चालन गरेको छ । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने तथा सैनिक ईतिहासको जगेर्ना गर्ने उद्देश्यले सेनाले पदयात्रा शुरू गरेको हो ।

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
बुधबार, वैशाख ६, २०८०
अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ ।

कोरोनाबाट थप दुईको मृत्यु
मंगलबार, वैशाख ५, २०८०
कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ...

पाल्पाली संगमले काठमाडौँमा महोत्सव गर्दै
मंगलबार, वैशाख ५, २०८०
पाल्पाबाट विभिन्न पेशा व्यवसाय, अध्ययन र रोजगारको शिलशिलामा काठमाडौंमा बस्दै आएका पाल्पालीहरुको साझा संस्था पाल्पाली संगमले काठमाडौंमा महोत्सव गर्न लागेको छ । संगमले स्थापना दिवसको अवसरमा काठमाडौँमा पाल्पा महोत्सव २०८० आयोजना गर्न लागेको हो ।
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि
मंगलबार, वैशाख ५, २०८०
स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।

व्यवसायिक मौरीपालनमा कृषक आकर्षित
मंगलबार, वैशाख ५, २०८०
पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको हो ।

कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला
सोमबार, वैशाख ४, २०८०
कालीगण्डकी नदी किनारमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका –घोप्टेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापकोट नगरपालिका–८ दामाचौरकी ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
रामपुरमा उन्नत जातको विउ बोका वितरण
सोमबार, वैशाख ४, २०८०
जिल्लाको रामपुर नगरपालिकामा उन्नत जातको विउ बोका वितरण गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज (बेस) नेपालको सहजीकरणमा बोका वितरण गरिएको हो ।
कानुन सचेतना सम्बन्धी कार्यक्रम रामपुरमा सुरु
सोमबार, वैशाख ४, २०८०
स्थानीय तहमा प्रदेश कानुन लगायत विभिन्न कानुनहरुको २ दिने सचेतना कार्यक्रम रामपुर नगरपालिकामा सोमबार देखि शुरु भएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयको आयोजनामा नगरपालिका भित्रका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धी २ दिने सचेतना कार्यक्रम सुरु भएको भएको हो ।

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
सोमबार, वैशाख ४, २०८०
रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं
सोमबार, वैशाख ४, २०८०
मौरी अनुशासित र कर्मशिल प्राणी हो । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने व्यवसाय मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायबाट किसानको मुहार फेरिन सक्छ । पछिल्लो समय गुल्मी मुसिकोटका किसानहरु मौरीपालनमा आकर्षित हुँदै गएका छन् । थोरै धेरै मौरी पालनमा किसान...