Shittalpati
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत

पाल्पा, तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको  छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।

उसले सदस्यलाई स्वागतसँगै आउँदै गरेको नयाँ वर्ष २०८१ को शुभकामना समेत आदान–प्रदान गरेको छ । कार्यक्रममा संस्थाका संरक्षक दिलबहादुर शाक्यले नयाँ सदस्यहरुलाई क्लवमा स्वागत गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे । 

उनले क्लवलाई सामाजिक क्षेत्रमा निरन्तर सक्रिय राख्न नयाँ सदस्यहरुको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष त्रिरत्नलाल शाक्य, निवर्तमान अध्यक्ष धिरेन्द्रलाल शाक्य, तानसेन–३ का वडा अध्यक्ष तथा क्लवका सल्लाहकार बाबुरत्न शाक्य लगायतको  क्लवलाई थप शसक्त र क्रियाशिल बनाएर लैजाने दिशामा सबै एक भएर लाग्नुपर्नेमा जोड दिर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे । क्लवका अध्यक्ष मनिता शाक्यको अध्यक्षता, प्रथम उपाध्यक्ष पञ्च शाक्यको स्वागत, सह–सचिव सुशिला शाक्यको आस्था पाठ, सचिव विनु थापा शाक्यको सञ्चालनमा कार्यक्रम भएको क्लवका पूर्व अध्यक्ष विशान्त्तर शाक्यले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update