Shittalpati
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

काठमाडौँ, सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका थिए । यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।
 
    त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र  सहयोगका लागि आभार व्यक्त गरे । आज प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गर्नुभयो । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update