Shittalpati
लुम्बिनी प्रदेशमा सरकार विस्तार

घोराही (दाङ), लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीयमन्त्री नियुक्त गरेका हुन् ।

एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र दिनेश पन्थी रहेका छन् भने नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् । आज विस्तार गरिएको मन्त्रिमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । आज नियुक्त भएका विनाविभागीय मन्त्रीहरुको शपथग्रहण आजै गराउने तयारी भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update