Shittalpati
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास

पाल्पा, अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् । सरकारले नागरिकको उपचारको लागि अरवौ रकम खर्च गरेपनि नत विरामीको संख्या घटेको छ नत अस्पतालका वेडहरु खाली भएका छन् । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा, मन बचन कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यासको मोह भने दिनप्रति दिन बढ्दै गएको छ ।  

अहिले  गाउँ सहर जताततै सर्ने भन्दा नसर्ने रोगहरुको अवस्था भयावह बन्दै गएको छ । २५ वर्ष नपुग्दै मानिसहरुमा सुगर, ब्लडप्रेसर, कोलेस्टोर, क्यान्सर, थाइराइड, मुटु रोग, ढाड कम्मर जस्ता रोगले हामी जस्ता अल्पविकसित मानव जीवनलाई नै अल्पायु बनाउँदै लगेको छ । सरकारले रोग लागेपछि उपचार गर्न ठूला–ठूला अस्पताल बनाएको छ । हजारौं डाक्टर नर्स उत्पादन गरेको छ । जटिल किसिमका रोगहरु भयावह बन्दै गएको अवस्थामा मन, मस्तिष्क र शरीरलाई सधैँ स्वस्थ राख्ने योग शिक्षालाई नागरिक तथा विभिन्न संघ संस्थाहरुले प्राथमिकता दिदै आएका छन् । सरकारको प्राथमिकतामा नपरेको योग शिक्षालाई नागरिकस्तरबाट देशव्यापी रुपमा नियमित योग अभ्यास र जनचेतना फैलाउँदै आएका छन् । मन बचन र कर्मलाई स्वस्थ राख्ने, शरीरलाई निरोगी बनाउने एक मात्र औषधी भनेको नियमित योग अभ्यास भएकोले सिक्ने र सिकाउने अभियानामा जुटेको पतञ्जली योग समिति पाल्पाका अध्यक्ष शुरेसप्रसाद श्रेष्ठले बताए । 

अहिले सर्ने रोग भन्दा नसर्ने प्रकृतिका रोगहरुको संख्या बढ्दै गएको सोही कारण धेरै मानिसको मृत्यु भइरहेको छ । अस्पताहरुमा पनि सर्ने भन्दा नसर्ने रोगका विरामीहरु नै बढी आउने गरेका छन् । विभिन्न किसिमको तनावको कारण मानसिक रोगी र आत्महत्याका घटनाहरु बढ्दै गएका छन् । सरकारले उपचारसंगै योग शिक्षा र जनचेतना अभियानलाई प्राथमिकता दिएर काम गर्नुपर्ने पाल्पा अस्पतालकी नसिं· प्रमुख एवं पतञ्जली महिला योग समितिकी अध्यक्ष लक्ष्मी जिसी कार्कीले बताइन् । समितिले नियमित रुपमा विहान ५ बजे देखि ७ बजेसम्म विशाल बजारको शाही केन्द्र मन्दिरमा निःशुल्क रुपमा योग अभ्यास गराउँदै आएको र जोसुकै व्यक्ति पनि अभ्यासमा सहभागी हुन पाउने व्यवस्था मिलाएको कोषाध्यक्ष पदमा भट्टराईले बताइन् ।दैनिक योग अभ्यासबाट शरीरमा देखिएका रोगहरु हट्दै जाने र शरीरलाई अन्य रोग लाग्नबाट बचाउने गरेको नियमित योग अभ्यासबाट महशुस गरेकोले विगत ५ वर्षदेखि नियमित योग अभ्यास लागेकी तानसेन सिल्खानटोलकी कल्पना भट्टराईले बताइन् । पतञ्जली योग समिति पाल्पाले नियमित तथा निःशुल्क रुपमा तानसेनको शाही मन्दिर, गणेश मन्दिर, दमकडा, रामपुर, पालुङमैनादी क्षेत्रमा नयमित रुपमा योग अभ्यास गराउँदै आएको छ । पछिल्लो समयमा अत्याधुनिक जीवनशैली र व्यस्तताको कारण औषधी बिना शरीर बाच्न नसक्ने परजिवि भएको छ । अर्काे तर्फ दैनिक एकदेखि दुई घण्टाको नियमित योग अभ्यासले अधिकांश रोगहरुबाट बच्न सकिने योग प्रशिक्षक मनोज पौडेलले बताए । प्राणघातका रोगको रुपमा चिनिएको क्यान्सर, योग अभ्यास बाट निकै हुदै गएको छ । पत्थरी, मधुमेह, टिवी, जस्ता रोगहरु नियमित योग अभ्यासको कारण निको हुदैँ आएको दावी योग प्रशिक्षकहरुको रहेको छ । विभिन्न किसिमका रोगबाट ग्रसित भएको आफ्नो शरीर अहिले स्वस्थ्य भएको, आफु स्वस्थ्य भएपछि अन्य व्यक्तिहरुलाई पनि स्वस्थ बनाउने अभियानमा लागेको योग शिक्षक बैजनाथ यादवले बताए । 

योग अभ्यासबाटै हजारौँ व्यक्तिहरुले पुनःजिवन पाएका छन, लागेको रोगहरु पूर्णरुपमा औषधी सेवन बिनै निको भएका छन् । नियमित योग अभ्यासकर्ताहरुको जीवन सर्वश्रेष्ठ बनेका छन् । अहिले केन्द्र प्रदेश र स्थानीय सरकारको बजेट निर्माणको तयारीमा जुटेका छन् । योग शिक्षालाई हरेक शहर बस्ती, टोल(टोलमा पुर्‍याउन जिल्ला योग समितिले मिलेर काम गर्ने तानसेन नगरपालिकाका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । आगामी वर्षमा योग शिक्षा र अभ्यासलाई अझ विस्तारित गर्न नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरिने तानसेन नगरपालिकाका वडा ६ का वडा अध्यक्ष सागरमान महर्जनले बताए । योग शिक्षा र अभ्यासको लागि नीतिगत रुपमै स्थानीय सरकारबाट सम्वोधन गरिनुपर्ने सर्वसाधारणको माग रहेको छ । पालिकाहरुले रोग लागेर उपचार खर्च दिने अस्पताल निर्माण गर्ने काम संगसंगै रोग नै लाग्न नदिने गरी योग शिक्षा विस्तारको लागि प्रयाप्त बजेट निर्माण गरेमा स्वस्थ व्यक्ति, स्वस्थ्य समाज र स्वस्थ्य देश निर्माण गर्न सकिने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update