Shittalpati
वालिङमा अनलाइनबाटै घर नक्सा पास
वालिङमा अनलाइनबाटै घर नक्सा पास स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
योजनाहरुको विषयमा छलफल जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।
पाठ्यपुस्तक छपाइ सम्पन्न
पाठ्यपुस्तक छपाइ सम्पन्न नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान हुँदै रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले शुक्रबार रेसुङ्गा विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।
मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, सोमबार विश्वासको मत लिने
मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, सोमबार विश्वासको मत लिने लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुुईको मृत्यु गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका र सत्यवती गाउँपालिकामा भएका छुुट्टाछट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । यहाँको इस्मा गाउँपालिका–२ सामाचौरमा कुलोमा डुवेको अवस्थामा एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी ३७ वर्षीया माया खत्री सामचौर–सेराको कुलोमा डुबेको अवस्थामा मृत...
Weather Update