Shittalpati
आज महावीर जयन्ती
आज महावीर जयन्ती आज महावीर स्वामी जन्म जयन्ती देशभर मनाइँदै छ ।  हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए ।
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन , गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन पुनः निर्देशन दिएका हुन् ।
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो ।
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन ।
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव बुटवलको जितगढीमा नेपाल–अंग्रेज बीच भएको युद्वमा नेपालले विजय हासिल गरेको खुसियालीमा शुुक्रबार विजयी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी विजयी उत्सव मनाएको हो ।
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । 
जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ घाइते
जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ घाइते जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन्
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद् लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । 
Weather Update