Shittalpati
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्

बुटवल, लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । 

मुख्यमन्त्री जोखबहादुर महराले आज बिना विभागीय मन्त्रीमा एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थी, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुन कुमार केसी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमिश्वर ढकाल र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्रीलाई नियुक्त गरेका छन् । त्यस्तै नागरिक उन्मुक्ती पाटीबाट बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरी, नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेत पनि बिना विभागीय मन्त्री बनेका हुन् ।

विभागीय मन्त्रीहरुले शपथग्रहण गरे सँगै लुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी र एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा १० सदस्यीय मन्त्रिपरिषद् थियो । मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

विहीबार पहिलो पटक ६ मन्त्री थपेर सरकार विस्तार गरेका मुख्यमन्त्री महराले केही समयमै पुनः अर्को एक जना मन्त्री थपेका हुन् । उनले नेकपा एसकी भवगती अधिकारीलाई विनाविभागी मन्त्री बनाएर मन्त्रालयको संख्या ११ पु र्‍याए हुन् । मुख्यमन्त्रीमा समर्थन जुटाउँदा महरासहित लुम्बिनीका नेताले गरेको ७ बुँदे लिखित सहमति कार्यान्वयन नगरे मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने चेतावनीपछि महराले मन्त्रालय बढाएका हुन् । नेकपा एसले बैठक बसेर समर्थन फिर्ता गर्ने धम्की दिएपछि महराले एसकी अधिकारीलाई पछिल्लो पटक मन्त्रीमा समेट्न बाध्य भए । 


 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update