आदिवासी जनजाति दिवस मनाइँदै
शनिबार, साउन २४, २०८२
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा पाल्पाका ६ दलको आपत्ति
शुक्रबार, साउन २३, २०८२
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा पाल्पाका ६ राजनीतिक दलले आपत्ति जनाएका छन् । उनीहरुले कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मर्म विपरीत भएको भन्दै आपत्ति जनाएका हुन् ।
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध
शुक्रबार, साउन २३, २०८२
अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
तिलोत्तमाका युवाद्वारा प्राङ्गारिक मल उत्पादन सुरु
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिलोत्तमाका युवाले प्राङ्गारिक मल उत्पादन सुरु गरेका छन्। यहाँका करिब २० युवा मिलेर ‘नेपाल वायो कम्पोस्ट प्रालि’ दर्ता गरी मानव स्वास्थ्य र माटोको अवस्थालाई ख्याल गर्दै प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्।
पाल्पामा पाँच देशका भिक्षुहरुको वर्षाबास
बिहीबार, साउन २२, २०८२
जिल्लाको तिनाउ गाउँपालिका–१ झिगामारामा विभिन्न पाँच देशका बौद्ध भिक्षुहरु वर्षाबासमा रहेका छन् । नेपालसहित, सिङ्गापुर, थाइल्याण्ड, बेल्जियम र मलेसियाबाट भिक्षुहरु वर्षाबासमा रहेका छन् ।
बहुविवाह कानुन ल्याउन लागेको विरोधमा पाल्पाका महिला संगठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुधबार, साउन २१, २०८२
सरकारले बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुन ल्याउन लागेको भन्दै जिल्लामा आवाद्ध महिला संगठनहरुले विरोध जनाएका छन् । यहाँका ६ महिला संगठनहरुले मुलुकी अपराध संहितामा पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले कानुन ल्याउन लागेकोमा विरोध जनाउँदै बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय काठमाडौंलाई ज्ञापनपत्र पठाएका छन्...
बाजा बजाएर आम्दानी गर्दै तेल्घाका महिला
बुधबार, साउन २१, २०८२
महिलाले बाजा बजाएर आम्दानी गर्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर तानसेनका महिलाहरुले बाजा बजाएरै मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको तानसेन नगरपालिका– १० तेल्घाका महिलाहरुले बाजा बजाएर लाखौं कमाउने गरेका हुन् ।
कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ मा
बुधबार, साउन २१, २०८२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ । बोर्डले ‘नन्ग्रेड’ पाएका विद्यार्थीका लागि पूरक अर्थात् मौका परीक्षा सञ्चालन गर्ने भएको हो । दुई विषयमा ‘नन्ग्रेड’ पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका परीक्षार्थीले मौका परीक्षा दिन पाउने गरी व्यवस्था...
पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालनमा
मंगलबार, साउन २०, २०८२
पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितकको पहिरो खसकेका कारण सोमबार साँझ ६ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।
पाल्पामा अडानले मनायो २० औं स्थापना दिवस
मंगलबार, साउन २०, २०८२
लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) पाल्पा शाखाले २० औं स्थापना दिवस मनाएको छ । अडानले मंगलबार तानसेनमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
गुल्मीमा बाढीको वितण्डा : डहरे खोलाले कार बगायो
मंगलबार, साउन २०, २०८२
गुल्मीमा बाढीले बितण्डा मच्चाएको छ । निरन्तरको अविरल वर्षासँगै आएको बाढीले एउटा कार समेत बगाएको छ । जिल्लाको सत्यवती गाउँपालिका –६ उर्लीखोला स्थित डहरेखोलाले बीएए ००१७ नम्बरको कार बगाएको हो ।
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध
मंगलबार, साउन २०, २०८२
लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।
जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा
मंगलबार, साउन २०, २०८२
जिल्लाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए । छोरीको बिहे भइसकेको छ । बाँकी तीन छोरा पनि उनका साथमा छैनन् । कोही वैदेशिक रोजगारमा गएका छन्भने कोही सहरमा गएर बसेका छन् । घरमा दुई बूढाबूढी मात्रै छन् । ‘टाठाबाठा जति सहरतिर लागेका छन् । म...


