स्वास्थ्यमन्त्री सारुको एक वर्ष : स्वास्थ्य क्षेत्रमा सुधारको आशा
मंगलबार, साउन २०, २०८२
विपद्मा उद्धारका लागि सशस्त्रको वेश क्याम्प
मंगलबार, साउन २०, २०८२
विपद्को समयमा उद्धारका लागि गुल्मीको चन्द्रकोटमा सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । वर्षाको समयमा उत्पन्न हुनसक्ने बाढी र पहिरोलाई लक्षित गरी तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवामा वेश स्थापना गरिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी बल ३७ नं...
बहुविवाह गर्न पाउने कानुनको मस्यौदाप्रति आपत्ति
मंगलबार, साउन २०, २०८२
सरकारले बहुविवाहको अनुमति दिने कानुनको मस्यौदा तयार गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदहरुले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएका हुन् ।
पहिरोले पाल्पा–बुटवल खण्ड अवरुद्ध
मंगलबार, साउन २०, २०८२
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्र आसपसका तीन स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध बनेको हो ।
पहिराका कारण कालीगण्डकी करिडोरसहित विभिन्न सडकमा आवतजावत रोकियो
मंगलबार, साउन २०, २०८२
कालीगण्डकी करिडोरको तीन खण्डसहित गुल्मीका चार स्थानमा पहिराका कारण सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयुका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिकाका वडा नं १, २ र ३ स्थित गरगरे, राक्से र कनौटामा आज बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरोले स्वास्थ्यचौकीमा क्षति
सोमबार, साउन १९, २०८२
गुल्मीमा आइतबारदेखि परेको अविरल वर्षाका कारण स्वास्थ्यचौकीमा क्षति पुगेको छ । चन्द्रकोट गाउँपालिका–१ दिबु्रङ्ग स्वास्थ्य चौकीमा पहिरोबाट क्षति पुगेको हो ।
बुटवल–नारायणगढ सडक अवरुद्ध
सोमबार, साउन १९, २०८२
बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो ।
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध
सोमबार, साउन १९, २०८२
बाढीपहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध
मोटरसाइकल मर्मत गर्ने प्राविधिकलाई सम्मान
सोमबार, साउन १९, २०८२
तानसेनमा मोटरसाइकल मर्मत गर्ने प्राविधिकहरुलाई सम्मान गरिएको छ । त्रिपुत्र इण्टरनेशनलद्वारा सञ्चालित होण्डा स्वरुम तानसेन पाल्पाले जिल्लाका विभिन्न ठाउँमा रहेका ग्यारेजमा काम गर्दै आएका ४० जना प्राविधिकलाई एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
नेपाल बाल संगठन पाल्पाको सभापतिमा पुनः अर्याल
सोमबार, साउन १९, २०८२
नेपाल बाल संगठन पाल्पाको सभापतिमा सोमनाथ अर्याल पुनः निर्विरोध निर्वाचित भएका छन् । संगठनको तानसेनमा भएको १३ औं जिल्लाले अर्याललाई पुनः अध्यक्षमा चयन गरेको हो ।
मोहन कन्याका शिक्षक र विद्यार्थीको निःशुल्क आँखा परीक्षण
आइतबार, साउन १८, २०८२
तानसेनमा सञ्चालित मोहन कन्या माविका शिक्षक र विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । विद्यालयको हिरक महोत्सवको अवसरमा पूर्व शिक्षक गंगालाल श्रेष्ठको व्यवस्थापन र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा शिक्षक, विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।
गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
आइतबार, साउन १८, २०८२
गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका(१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो
आइतबार, साउन १८, २०८२
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व(पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो ।


