पहिरोले अवरुद्ध पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालनमा

पाल्पा, पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितकको पहिरो खसकेका कारण सोमबार साँझ ६ बजेदेखि पूर्णरुपमा अवरुद्ध सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।
वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको हेबी मेसिनले पहिरो सफा गरेर एकतर्फी खुलाइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताए । राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबा लगायतका स्थानमा खसेका पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्