Shittalpati
एसइई र कक्षा १२ को परीक्षा स्थगित
एसइई र कक्षा १२ को परीक्षा स्थगित आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाएनन् ।
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो
गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बियो गुल्मीमा जेठ ४ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्लामा संक्रमणको अवस्था कायमै रहेकोले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ ४ गतेसम्म निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो । यस अघि जारी गरिएको निषेधाज्ञा शनिवार (भोली) राती १२ बजे सकिदै छ ।
युवा व्यवसायी कार्की : जो ज्यान जोखिममा राखेर संक्रमितको सेवामा दिन–रात खटिन्छन्
युवा व्यवसायी कार्की : जो ज्यान जोखिममा राखेर संक्रमितको सेवामा दिन–रात खटिन्छन् पाल्पा कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त छैन ।
कोरोना युद्धमा होमिएका यि तीन युवा
कोरोना युद्धमा होमिएका यि तीन युवा कोरोना महामारीका बेला मान्छे एक–अर्कालाई छुन पनि डराइरहेका छन् । महामारीबाट जोगिन यो समय घरभित्र बस्ने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न पनि सक्दैन । तर यो छुट स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूलाई छैन । स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने अवस्था कस्तो होला...
पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा थपियो
पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा थपियो कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
तानसेनमा सेनाले निर्माण गरेको निशान भगवती मन्दिरको प्रधानसेनापतिद्वारा उद्घाटन
तानसेनमा सेनाले निर्माण गरेको निशान भगवती मन्दिरको प्रधानसेनापतिद्वारा उद्घाटन जिल्लाको सदरमुकामा तानसेनमा नेपाली सेनाले निर्माण गरेको पाल्पाको निशान भगवती मन्दिरको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कोरोना महामारीका बिच भौतिक दुरी कायम गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले विहीबार उद्घाटन गरेका हुन् ।
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल
माथागढीले बनायो १५ शैयाको कोभिड अस्पताल जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमितलाई लक्षित गरी १५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा संक्रमितहरुको संख्या बढ्दै गए पछि गाउँपालिकाले माथागढी ४ देवगिरमा अस्पताल सञ्चालन गरेको हो ।
गुल्मीमा भूकम्पपछिको पुनर्निर्माण:  तीन हजार बिस जनाले मात्रै पाए अन्तिम किस्ता
गुल्मीमा भूकम्पपछिको पुनर्निर्माण: तीन हजार बिस जनाले मात्रै पाए अन्तिम किस्ता शक्तिशाली भूकम्प गएको ६ वर्ष बित्दा गुल्मीमा ३ हजार २० जनाले मात्रै अन्तिम किस्ता पाएका छन् । जिल्लामा ५ हजार २९ लाभग्राही मध्ये ४ हजार ५ सय ६८ जनाले मात्रै पुनर्निर्माणको सम्झौता गरेका थिए । जसमध्ये ३ हजार २० जनाले मात्रै तेस्रो अर्थात् अन्तिम किस्ता पाएका हुन् ।
कुंवरको हत्यामा संलग्न सार्वजनिक
कुंवरको हत्यामा संलग्न सार्वजनिक जिल्ला प्रहरी कार्यालयले इस्मा गाउँपालिका २ का होटल व्यवसायी मोतिबहादुर कुँवरको हत्यामा संलग्नहरुलाई सार्वजनिक गरेको छ । कुवँरको हत्या भएको सात महिना पछि निरन्तर अनुसन्धानबाट हत्यामा संलग्नहरुलाई आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल
बगनासकालीको आर्यभञ्ज्याङ बजार क्षेत्र सिल जिल्लाको बगनासकाली गाउँपालिका ३ आर्यभञ्ज्याङलाई वैशाख २४ गतेसम्मका लागि सिल गरिएको छ । बजार क्षेत्रका केही व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रसिल गरिएको हो ।
Weather Update