Shittalpati
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना
समृद्धिको पैसा दोब्बर हुने निक्षेप योजना समृद्धि फाइनान्सले पैसा दोब्बर हुने निक्षेप योजना ल्याएको छ । फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तरगत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको हो ।
कृषकलाई अनुदानमा हाते ट्याक्टर
कृषकलाई अनुदानमा हाते ट्याक्टर रामपुरका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । हराभरा महिला कृषि सहकारी संस्था रामपुरले रामपुर नगर सरकारको सहयोगमा यहाँका कृषकलाई हाते ट्याक्टर दिएको हो । धान खेति पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ ।
दिनहुँ थपिँदै हैजाका बिरामी
दिनहुँ थपिँदै हैजाका बिरामी संघीय राजधानी काठमाडौंमा हैजाका विरामीहरु एकपछि अर्को गरी दिनहुँ देखिन थालेका छन् । आम नागरिकबाटै हेलचेक्य्राइँ भएपछि हैजाका विरामीहरु दिनहुँ थपिदै गएका हुन् ।
सिँचाइले बाँझो जमिन हराभरा
सिँचाइले बाँझो जमिन हराभरा सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई...
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आज विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । नेपालसहित विभिन्न देशमा हरेक वर्षको जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा
ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखा ग्लोबल आइएमई बैंक लिमिटेडले देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंंकले ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरेको हो ।
सहकारी दिवसको औचित्य
सहकारी दिवसको औचित्य आज अन्तर्राष्ट्रिय सहकारी दिवस । प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
आज खेलकुद पत्रकार दिवस मनाइँदै आज विश्व खेलकूद पत्रकार दिवस नेपालमा पनि मनाइँदै छ । खेलकुद वा स्पोर्टस विटमा कार्यरत पत्रकारहरुको लागि आज विशेष दिन हो । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ ।
रेसुङ्गाका बिस कृषक सम्मानित
रेसुङ्गाका बिस कृषक सम्मानित जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
संसद् चलाउँदै रिब्दीकोटका युवा
संसद् चलाउँदै रिब्दीकोटका युवा संसद् हलको ढोकामा कडा सुरक्षा छ । सुरक्षाकर्मी र संसदका मर्यादापाक लामबद्ध छन् । हल प्रवेशका लागि आफनो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति संसद हलमा जान पाउँदैनन् ।
Weather Update