एकैदिन ६२ जनामा कोरोना
बिहीबार, असार १६, २०७९
स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा
बुधबार, असार १५, २०७९
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन् । वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार बसेको प्रदेशसभाको बैठकमा जानकारी गराएकी छन् ।
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा
बुधबार, असार १५, २०७९
लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैलालीको गोदावरी नगरपालिका –४ स्थायी ठेगना भई हाल गल्याङ नगरपालिका–८ स्याङ्जामा बस्दै आएका २० वर्षीय होमबहादुर (सुवास) रोक्का मगरलाई पाल्पामा लागु औषध सहित पक्राउ गरेको हो ।
तिनाउमा पुरुष मृत अवस्थामा भेटिए
बुधबार, असार १५, २०७९
जिल्लाको तिनाउ गाउँपालिका–६ स्थित बाह्रविसे खोल्सामा एक पुरुष मृत भेटिएका छन्
पुष्पलाल स्मृति र प्रतिष्ठान नेपाल
बुधबार, असार १५, २०७९
वाम तथा लोकतन्त्रका मूर्धन्य व्यक्तित्व पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन् प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझास्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता...
रोपाइँमा गुञ्जिन छाडे ‘असारे भाका’
बुधबार, असार १५, २०७९
गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो । यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गरेको गुल्मीको इस्मा गाउँपालिका २ का ९५ वर्षीय देवबहादुर पाण्डेलाई याद आउँछ ।
पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
बुधबार, असार १५, २०७९
पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टड्ढनाथ खनाल र उपप्रमुख काशिका गैरेले गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी
बुधबार, असार १५, २०७९
बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।
धान दिवसको सार्थकता
बुधबार, असार १५, २०७९
नेपालमा हरेक वर्षको असार १५ मा धान दिवस मनाउने गरिन्छ । यसलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिनमा रोपाइँ गरिरहेको खेतको आलीमा बसेर दही चिउरा खाँदै धान दिवस मनाइन्छ ।
मदन भण्डारीको जन्म जयन्तीमा अन्तरसंवाद
बुधबार, असार १५, २०७९
जननेता मदन भण्डारीको ७१ औं जन्म जयन्तीको अवसरमा अन्तरसंवाद गरिएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाले मंगलबार तानसेनमा भण्डारीको जन्म जयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम गरेको हो ।
वर्षासँगै परेको चट्याङले रुपन्देहीमा एक जनाको मृत्यु
मंगलबार, असार १४, २०७९
वर्षासँगै परेको चट्याङले लागेर सियारी गाउँपलिकामा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान खेतमा काम गर्न गएका सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।


