Shittalpati
विश्व स्वास्थ्य दिवस र यसको सार्थकता

विश्व स्वास्थ्य दिवस हरेक वर्ष अप्रिल ७ मा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवस हो । सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको दिन र विश्वभरका मानिसहरूले सामना गरिरहेका महत्वपूर्ण स्वास्थ्य समस्याहरूको बारेमा चेतना जगाउन यो दिवस मनाइन्छ । सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको अप्रिल ७ लाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । विश्व स्वास्थ्य दिवस यस कारणले विश्व स्वास्थ्य सङ्गठन को स्थापनाको रूपमा मनाइन्छ, र यो सङ्गठनले हरेक वर्ष विश्वव्यापी स्वास्थ्यको लागि महत्वपूर्ण विषयहरूमा विश्वव्यापी ध्यान आकर्षित गर्ने अवसरको रूपमा प्रयोग गरिन्छ ।

यद्यपी दिवस हरेक वर्ष हरेक पटक मनाउने गरेपनि स्वास्थ्य चुनौति भने झन् बढ्दो रहेको छ । वर्तमान समयमा खराब र अस्वस्थकर जीवनशैली र खानपानले शरीरमा विभिन्न रोग देखापर्ने गरेका छन् । स्वस्थ शरीरले मात्रा हामी सुन्दर जीवनको परिकल्पना गर्न सक्छौं । त्यसका लागि व्यक्ति स्वयमले नै स्वास्थ्यलाई कस्तो राख्ने भन्ने कुरा आफैमा निर्भर रहन्छ । स्वास्थ्य शरीरको कल्पना सन्तुलन खानाबिना अधुरो छ । हामीले खाने खानपानले नै हाम्रो शरीर कस्तो हुने निर्धारण गर्छ । अर्कोतर्फ व्यायाम र योगले समग्र स्वास्थ्य अवस्थामा सुधार गर्दछ । यसले हाम्रो मांसपेशीलाई ठिक राख्छ भने शरीर तन्दुरुस्त र फूर्तिलो बनाउँछ । स्वस्थ शरीरका लागि मानसिक स्वास्थ्य पनि स्वस्थ हुन आवश्यक छ । मानसिक स्वास्थ्य स्वस्थ हुन हाम्रो सोच सकारात्मक हुनुपर्छ । त्यसैले स्वास्थ्य शरीरका लागि व्यक्तिको सोंच पनि सकारात्मक चाहिन्छ । व्यक्तिको मनमा शान्ति, तनाव, चिन्ता भएमा यसले विभिन्न रोगको सिकार बनाउँछ । सकारात्मक चिन्तनले व्यक्तिको मनमा यस्ता विचलन आउन पाउँदैन् । अधिकांस मानिसहरुमा यी कुराहरुको ज्ञान र जानकारी नहुँदा पनि अस्वस्थकर जीवन बाच्नु परेको छ । उनीहरुलाई यस्ता विषयहरुमा सचेतना जगाउन सकियो भने मात्र पनि स्वास्थ जीवन जीउन मद्धत पुग्ने मात्र होइन हरेक वर्ष मनाउने विश्व स्वास्थ्य दिवसले समेत सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update