Shittalpati
महिन्द्राले ल्यायो नयाँ मोडलको गाडी

पाल्पा, बहुप्रतिक्षित कम्पनी महिन्द्राले नयाँ मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई नयाँ स्वाद दिन ‘अल न्यू महिन्द्रा स्कर्पियो–एन’ मोडलको गाडी बजारमा ल्याएको हो ।

महिन्द्राले नेपाल र भारतमा विशेष कार्यक्रम गरी नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । नयाँ महिन्द्रा स्कर्पियो–एन आफ्नो पूर्ववर्तीभन्दा निकै स्मार्ट र नयाँ छ । सन् २००२ मा पहिलो पटक सार्वजनिक भएको स्कर्पियो परिमार्जित हुँदै अब स्मार्ट एसयूभी सम्ममा रुपान्तरण गरेको छ । महन्द्राले चर्चित स्कर्पियोको नयाँ अवतार ‘अल–न्यू स्कर्पियो–एनलाई अनावरण गरेको हो । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा आफनो बहुप्रतिक्षित एसयूभी सार्वजनिक गर्दै कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको नयाँ गाडीलाई बजारमा स्थान दिएको हो । भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गरिएको कम्पनीले जनाएको छ । नयाँ महिन्द्रा स्पकर्पियो–एनले अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज दिन्छ । यसलाई प्रभावशाली उपस्थिति दिने गरी हेड–टर्निङ डिजाइन, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ । आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च खालको प्रदर्शन र क्षमताहरू देखाउनेमा कम्पनी विश्वस्त छ । अल–न्यू स्पर्पियो–एनको अनावरणले महिन्द्राको नयाँ ‘भिजुअल आइडेन्टी’को अनावरणलाई संकेत गरेको छ । कम्पनीलाई एसयूभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको कम्पनीले जनाएको छ ।

यसमा राखिएको ‘ट्विन पिक’ लोगोले साहसिक रुपमा अघि बढेको नयाँ दिशाको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । यो गाडी इटालीको पिनिनफेरिना र मुम्बईस्थित महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस) मा डिजाइन गरिएको हो । संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमले इन्जिनियरिङ गरेको यो विश्वस्तरीय सुविधासहित आएको छ । कम्पनीले यो गाडीलाई ठूलो, बलवान, शक्तिशाली, अत्याधुनिक र सुरक्षा र प्रविधिले भरिएको भनेको छ । महिन्द्रा स्कर्पियो–एन मोडल हेर्दा आकर्षक मात्रै छैन, यसमा सवारी गर्नेहरुका लागि सुविधा सम्पन्न आरामदायी र सुरक्षित पनि छ । स्कर्पियोको बिरासतलाई एक खुड्किलो माथि उचाल्दै स्कर्पियो–एनले नयाँ इतिहास रच्ने विश्वास कम्पनीको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update