पाखुरे वनमा आठ हजार विरुवा रोपियो
शुक्रबार, असार १७, २०७९
मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग
शुक्रबार, असार १७, २०७९
पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ । रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।
हैजा फैलनबाट रोकौं
शुक्रबार, असार १७, २०७९
केही दिन अघिदेखि संघीय राजधानी काठमाडौंमा हैजाका विरामी देखिन थालेपछि देशभर त्रास फैलिएको छ । हैजाका विरामीहरु एकपछि अर्को रुपमा फेला परिरहेका घटनाले आम मानिसमा डर पैदा गराएको छ । कोरोना महामारीको त्रासबाट केही भए पनि मुक्तभएको अभास गरिहेका नागरिकहरु काठमाडौंमा फैलिएको हैजा संक्रमणबाट भने पुनः त्रासित हुन पुगेका छन् ...
थप ५५ जनामा कोरोना
शुक्रबार, असार १७, २०७९
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर
बिहीबार, असार १६, २०७९
महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
धन्सारले पुरिएर बालिकाको मृत्यु
बिहीबार, असार १६, २०७९
स्याङ्जाको गल्याङ–१० डुबिण्डाँडामा बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो ।
जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
बिहीबार, असार १६, २०७९
विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र वडा नं १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ
बिहीबार, असार १६, २०७९
पाल्पा सहित देशभर असार १५ अर्थात् १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । मंगलबार धान रोपाईं सँगै दही र चिउरा खाई धान दिवस मनाइएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’...
स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता
बिहीबार, असार १६, २०७९
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १ सय ५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख...
बाढी–पहिरोको क्षति, हाम्रो नियति
बिहीबार, असार १६, २०७९
नेपालमा बर्सेनि हुने प्राकृतिक प्रकोपअन्तर्गत मूलतः बाढी र पहिरो पर्ने गरेको पाइन्छ । बर्सेनि दर्जनौं बेपत्ता हुन्छन् अनि उस्तै संख्यामा मृत्युसमेत हुने गरेको पाइन्छ । प्रायः तराईतिर बाढीको बढी जोखिम हुँदा पहाडी भेगमा पहिरोको डर उच्च रहन्छ ।
माथागढीले ल्यायो ५७ करोड ७४ लाखको बजेट
बिहीबार, असार १६, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरे अनुरुप नै पालिकाले बजेट ल्याएको हो ।
असारे विकासले निम्त्याएको समस्या
बिहीबार, असार १६, २०७९
देश प्रजातन्त्र, लोकतन्त्र हुँदै सघीय गणतन्त्रमा हिडेको पनि धेरै समय भै सक्यो । तीन तहका सरकारका कारण केहि परिवर्तनको आशा भने नेपाली जनतामा जगाएको छ । स्थानीय तहहरुमा विकास कार्यले केहि गति भने लिएको छ तर पनि नेपालमा असारे विकासले निरन्तरता भने पाईरहेको छ ।


