Shittalpati
थप ५५ जनामा कोरोना

पाल्पा, पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।

देशभर गरिएको १ हजार ५ सय ३२ नमूनाको पीसीआर परीक्षणबाट ३६ जना र १ हजार १ सय ६६ नमूनाको एन्टीजेन परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मात्रै ६२ जनामा संक्रमण देखिएको थियो । कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु भएको छैन । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । योसहित हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन् । हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update