Shittalpati
तानसेनको होलांङ्गदीमा महिन्द्राको सर्भिस सेन्टर

पाल्पा, महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर लक्ष्मी मोटो केयर प्रा.लिले तानसेन नगरपालिका–३ होलांङ्गदीमा महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । प्रालिले विहीबार एक औपचारिक कार्यक्रमका बिच सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक वितरक अग्नी समूहसँगको सहकार्यमा प्रालिले सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । सेन्टरको अग्नी ग्रुप भैरहवाका प्रदेश म्यानेजर विजेश ग्वायमरुले उद्घाटन गरेका हुन् । उनले पाल्पासँगै यसआसपासका क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पुर्याउने उद्देश्यले तानसेमा पनि सर्भिस सेन्टरको विस्तार गरिएको बताए । म्यानेजर ग्वायमरुले हरेक सेवा प्रदायक केन्द्रहरुले कम्पनीले प्रदान गर्ने सबै प्रकारका गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

विगत सात वर्षदेखी पाल्पामा सेवा प्रवाह गर्दै आइएको भए पनि अहिले आएर महिन्द्राको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको लक्ष्मी मोटो केयर प्रा.लिका प्रबन्ध निर्देशक तारा खरेलले बताए । उनले सेन्टरबाट आधुनिक प्रविधिमार्फत सहज रुपमा स्तरीय सेवा ,सुविधा उपलव्ध हुने बताए । सर्भिस सेन्टरले सबै महिन्द्रा कम्पनीका गाडीहरुको सर्भिस र जेन्युन स्पेयर पाटर्सको सुविधा प्रदान गर्ने प्रवन्ध निर्देशक खरेलले बताए । सर्भिसिङ सेन्टरबाट ग्राहकहरुलाई सन्तुष्टि पुग्ने गरी निरन्तर सेवा प्रदान गर्न कम्पनी केन्द्रीत रहने उनले बताए । यहाँबाट पाल्पा, गुल्मी,स्याङ्गजा,अर्घाखाची,पर्वत,बाग्लुंङ्ग लगायत आसपासका ग्राहकहरुले सहज सेवा सुविधाको लाभ लिन सक्ने कम्पनीले विश्वास लिएको छ । अन्य सर्भिस सेन्टरको तुलनामा यस सेन्टरमा आधुनिक प्रविधिबाट सर्भिस गराईनुका साथै आवश्यक पाटपुर्जा पनि उपलब्ध छन् । दक्ष जनशक्तिबाट हप्ताको सातै दिन, २४ सै घण्टा सेवा उपलब्ध हुने छ । कुनै स्थानमा गाडी बिग्रिएमा उक्त स्थानमा गई सेवा दिने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update